खाली पेटमा किसमिसको पानी पिउनुको चमत्कार

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १२ गते ५:२३

काठमाडौँ। सधैँ बिहान किसमिसको पानी पिउनाले शरीरलाई भिटामिन लगायत फलाम पर्याप्त मात्रामा पान्छ । साथै यसमा चिनीको मात्रा पनि कम हुन्छ, यसमा प्राकृतिक एन्टिअक्सिडेन्टको मात्रा बढ्न जान्छ । जसले विरामी हुनबाट बचाउँछ ।

किसकिस र त्यसको पानी कलेजो र किड्नीको बिरामीलाई निको पार्न प्रयोगमा आइरहेको छ । किसमिसको पानी लगातार ४ दिनसम्म पिउनाले कलेजो र किड्नीले राम्ररी काम गर्न थाल्छन् र शरीरमा जमेका हानिकारक पदार्थ सबै बाहिर निस्कन्छन् ।

किसमिस खान स्वास्थवर्धक छ भने त्यसको पानी पिउनाले पाचन प्रक्रियालाई दुरुस्त हुन्छ, रगत सफा हुन्छ, एसीडीटी कम हुन्छ, हृदय बलियो हुन्छ र खराब कोलेस्ट्रल टाढा हुन्छ । यो सबै फाइदा किसमिसको पानी पिउन थालेको दुई दिनमा नै देखा पर्नेछ ।

किसमिसको पानी बनाउने विधि

एउटा प्यानमा सफा पानी उमाल्ने र त्यसमा सफा किसमिसको धुलो हालेर रातभर छोडिदिनुहोस् ।

दोस्रो दिन बिहान पानीलाई छानेर दोस्रो चोटी सानो आगोमा हल्का तताएर खाली पेट पिउनुहोस् त्यसपछि २० देखि ३५ मिनेट पछि नास्ता गर्नुहोस् ।

यसको लागि सधैँ गहिरो रंगको किसकिस नै छान्नु उपयुक्त हुन्छ । सफा र चम्किलो किसमिसमा प्रायः रसायन मिलेको हुन्छ । जुन स्वास्थको लागि हानिकारक हुन्छ । यो प्रक्रियालाई एक महिनामा लगातार चार दिन सम्म गर्नुहोस् यसको कुनै साइड इफेक्ट हुँदैन । यस्तोमा चिनी अलि कम खानुपर्छ । किनभने किसमिसमा पहिलेदेखि नै मिठोपना हुन्छ । भिडियो।

२०७५ कार्तिक १२ गते ५:२३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर