भारतीय टेलिभिजन शोमा धुम मच्चाएका नेपाली युवा (भिडियो)
आजको खबर | प्रकाशित : २०७५ कार्तिक १२ गते ५:४३

काठमाडौँ। अहिले भारतीय टेलीभिजनमा चलिरहेको निकै नै चर्चित टेलिभिजन शो डान्स प्लस ४ मा नेपाली युवा सुजन मार्फा तामाङले धुम मच्चाइरहेका छन्।
यो भन्दा अगाडि सुजन भारतकै चर्चित डान्स रियालिटी शो डान्स इन्डिया डान्सको टप १० सम्म पुगेका थिए भने यसै वर्ष उनी भारतकै अर्को टेलिभिजन शो डान्स प्लस ४ मा भाग लिन पुगेका हुन्।
डान्स इन्डिया डान्समा गएपछि एकाएक चर्चामा आएका सुजन डान्स प्लस ४ मा जानु अघि नेपालीमै म्युजिक भिडियोमा खेलिसकेका छन् जुन म्युजिक भिडियोलाई दर्शकले निकै मन पराएका छन्। भिडियो।
२०७५ कार्तिक १२ गते ५:४३ मा प्रकाशित