उपत्यकामा दशैँको समयमा अपराधमा कमी

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १२ गते ६:३६

काठमाडौँ । काठमाडौँ उपत्यकामा गत वर्षको तुलनामा यस वर्षको दशैँमा अपराधका घटनामा कमी आएको छ । रानीपोखरीस्थित महानगरीय प्रहरी कार्यालयका अनुसार गत वर्षभन्दा यस वर्ष दशैँको समयमा चोरी, जुवा, ठगी, अपहरण, आत्महत्यालगायत घटनामा कमी आएको हो ।

कार्यालय प्रमुख एवं प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले घटस्थापनादेखि पूर्णिमासम्म काठमाडौँमा ८६, ललितपुरमा ३० र भक्तपुरमा १५ जनाविरुद्ध विभिन्न अपराधमा मुद्दा चलाइएको जानकारी दिए ।

“गृह मन्त्रालयबाट जारी भएको ८२ बुँदे गृह प्रशासन सुधार योजना र प्रहरी महानिरीक्षकको १० बुँदे प्राथमिकताको आधारमा प्रहरीले काम गरेकाले गत वर्षको तुलनामा आपराधिक घटना कमी भएको हो”, उनले भने । गत वर्ष काठमाडौँमा १२४, भक्तपुरमा २२ र ललितपुरमा आठ अपराधका घटनामा मुद्दा चलाइएको थियो । रासस

२०७५ कार्तिक १२ गते ६:३६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर