‘सरकारले जनचाहनाअनुसार काम गर्नुपर्छ’

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १२ गते ७:३६

रुकुम पश्चिम । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले सरकारले जनचाहनाअनुसार काम गर्नुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन रुकुम पश्चिमले आज सदरमुकाम मुसिकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता कँडेलले वर्तमान सरकार जनताको चाहनाअनुसार अगाडि बढ्न नसकेको आरोप लगाए । दुई तिहाइको सरकार भएकाले वर्तमान सरकारबाट देशवासीले ठूलो अपेक्षा गरेकाले सरकारले उक्त अपेक्षा पूरा गर्नुपर्ने उनको भनाइ थियो ।

“दुई तिहाइको सरकार बनेपछि अब केही हुन्छ कि भन्ने हामीलाई पनि लागेको थियो, सरकारको हालसम्मको काम हेर्दा अब केही हुन्छ भन्ने आश मरेको छ,” उनले भने । निर्मला पन्तका हत्यारा अहिलेसम्म पत्ता नलाग्नुले पनि सरकार शान्ति सुरक्षा कायम गर्न र पीडितलाई न्याय दिनका लागि असक्षम रहेको नेता कँडेलको आरोप थियो । “एक÷दुई प्रहरी अधिकारीलाई बर्खास्त गर्दैमा सरकारको दायित्व पूरा हँुदैन,” उनले स्पस्ट पारे । काङ्ग्रेसले प्रतिपक्षमा रहेर सरकारको आलोचना मात्र नगरी सरकार सञ्चालन गर्न सहयोग गरिरहेको कँडेलले बताए । रासस

२०७५ कार्तिक १२ गते ७:३६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर