द भ्वाइसकी सबैभन्दा कान्छी प्रतियोगी श्रेयाको धमाकेदार प्रस्तुती…..(भिडियोसहित)
आजको खबर | प्रकाशित : २०७५ कार्तिक १२ गते ११:१२

काठमाडौँ। नेपालको चर्चित रियालिटी शो ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ कार्यक्रममा शनिबारदेखि लाइभ राउन्ड शुरु भएको छ।
नयाँ राउन्ड शुरु भएसँगै दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्न र अन्तराष्ट्रिय स्तर कायम गर्न यो कार्यक्रमको स्टेजको डिजाइन परिवर्तन गरिएको छ साथै निर्णायकसहित होष्टको ड्रेस डिजाइनमा पनि परिवर्तन भएको छ भने नयाँ को–होष्ट (एंकर) ओशिन सिटौलाको प्रवेश भएको छ।
‘द भ्वाइस अफ नेपाल’ को लाइभ राउन्ड कार्यक्रममा दुईजना निर्णायक तथा कोचेहरूले आफ्ना चार चार जना प्रतिस्पर्धीहरूलाई प्रस्तुत गराउने छन् भने सो मध्ये एक जनालाई ‘सेभ’ बचाउन सक्नेछन् । बाँकी ३ जना प्रतिस्पर्धीहरूलाई भने भोटिङ्गको लागि अगाडि पठाइनेछन्।
‘द भ्वाइस’को लाइभ राउन्डको पहिलो कार्यक्रममा टिम दीप र टिम सनुपको तर्फबाट चार÷चार जनाले आफ्नो गायनकला प्रस्तुत गरेका थिए । कोचहरुले आफ्ना चार प्रतियोगी मध्ये एक एकजनालाई सेभ गरेका थिए भने बाकिँ भोटिङ्गको लागि गएका छन् ।
त्यस्तै हिजा कोच अभया र कोच प्रमोदको टिमबाटपनि चार चार जनाले प्रस्तुती दिएका छन् । ती मध्ये आज हामी कोच अभयाको टिमबाट श्रेया राईको प्रस्तुती देखाउँदैछौँ ।
हुन त श्रेया द भ्वाइसको सबैभन्दा कान्छी प्रतियोगी हुन् तर उनको गाएकी र प्रस्तुती हेर्ने हो भने कोही भन्दा कम छैनन् । हिजोको उनको पस्तुती झनै दमदार थियो भने कोचहरु उनको तारिफ गर्नमा व्यस्त थिए । हेर्नुस् हिजोको उनको धमाकेदार प्रस्तुती..