निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्या गर्ने तीनजना पक्राउ

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १२ गते ११:२३

काठमाडौं। राजधानीको बीच सडकमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या गर्ने तीन अभियुक्त पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई झापाको काकडभित्ताबाट पक्राउ गरेको जनाएको छ । प्रहरीले आज पत्रकार सम्मेलन गरी तीन अभियुक्त सार्वजनिक गरेको हो । यी अभियुक्तहरुले २०७३ को पुसमा रुपन्देहीको देवदह खैरेनीमा दुर्गा तिवारीको हत्या पनि आफूहरुले नै गरेको स्वीकार गरेका छन् । यसबाहेक उनीहरुले २०७३ को चैतमा बौद्धमा दावा लामामाथि गोली पनि आफूहरुले नै हानेको बताएका छन् ।

प्रहरीले उनीहरु गुण्डा नाइके समिरमान सिंह बस्नेत समूहका भएको बताएको छ । पक्राउ पर्नेहरुमा झापाको बिर्तामोड घर भइ काठमाडौंको कपन बस्ने ४० वर्षको लोप्साङ भन्ने सोम तामाङ, काठमाडौं नागार्जुन ४ का २६ वर्षका रोशन बुढाथोकी र उदयपुर घर भइ काठमाडौंको बाफल बस्ने ३१ वर्षका अम्बर बहादुर राना छन् । ती अभियुक्तहरुमध्ये शरद गौचन र दावा लामामाथि गोली प्रहार गर्दा अम्बर बहादुर रानाले मुख्य शुटरको काम गरेको र दुर्गा तिवारीको हत्या गर्दा लोप्साङले मुख्य सुटरको काम गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

२०७५ कार्तिक १२ गते ११:२३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर