सय रुपैयाँ चोरेको आरोपमा बालकलाई बाँधेर मरणासन्न हुने गरी कुटे, त्यसपछि नाङ्गै बनाएर गाउँ घुमाए

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १२ गते ११:५१

एजेन्सी । एक सय रुपैयाँ चोरेको आरोपमा गाउँलेहरुले एक बालकलाई मरणासन्न बनाएर कुटपिट गरी नाङ्गै बनाएर गाउँ घुमाएका छन्। ती १० वर्षीय बालकलाई सय रुपैयाँ चोरेको आरोपमा गाउँलेहरुले नाङ्गै बनाएर डोरीले बाँधी मरणासन्न हुनेगरी कुटपिट गरेका थिए।

भारतको बिहार राज्यको एक नगर पञ्चायतले यस्तो सजायँको निर्णय गरेछि गाउँलेले ति बालकलाई कुटेका हुन्। समाजमा यस्तो तमासा चलिरहँदा अचानक त्याहाँ प्रहरी आएको र अस्पताल लानुको सट्टा बालकलाई प्रहरी चौकी लिएर गएका छन् जसको भिडियो अहिले सामाजिक सञ्जालमा भाईरल भएको छ।

गत शुक्रबार राती करिब ११ बजेतिर अलाउदिन नाम गरेका एक स्थानीय व्यापारीको पसलमा चोरी भयो। चोरले ढोकाको ताला फोर्न नसकेर बाँसको गेटबाट चढेर दोकानमा पसेको र सामान चोरेको बताईएको छ।

जसमा पैसाको बाकसमा राखिएको एक सयको नोट र खुद्रा पैसा पनि झिकिएको अलाउदिनले बताएका छन्। उनले भनेका छन् चोरी भएको दिन बिहान म सँका मानेर त्यो बालको घरमा गएको थिएँ। जुन बेला बालकले एउटा गोजीबाट १ सय रुपैयाँ र अर्को गोजीबाट खुद्रा पैसा निकाल्यो। उनको आरोप छ ।

२०७५ कार्तिक १२ गते ११:५१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर