साफ यु–१५ च्याम्पियनसिप : नेपाल बंगलादेशसंग पराजित, उपविजेता बन्दै नेपाल सेमिफाइनलमा

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १२ गते १२:३५

काठमाडौ । साफ यु–१५ अन्तर्गत समुह चरणको अन्तिम खेलमा नेपाल टोली बंगलादेशसंग पराजित भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बंगलादेशले नेपाललाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफ बराबरीमा सकिएपनि दोस्रो हाफको पहिलो मिनेटमै गोल गर्दै बंगलादेश समुह विजेता बन्यो । समुह एको शीर्ष टोली बंगलादेशले ६ अंक जोड्यो । नेपाल ३ अंक सहित समुह उपविजेता बन्यो ।

खेलेको दोस्रो मिनेटमा बंगलादेशले अहद सकिलकाे गाेलबाट खेलमा अग्रता लिएको थियो । तर ३६ औ मिनेटमा नेपालले बराबरी गोल फर्काउन सफल थियो । नेपालका राकेश विश्वकर्मालाई बंगलादेशका गोलकिपरले लडाएपछि नेपालले पेनाल्टीको अवसर पाएको थियो । त्यसमा नेपालका जान लिम्बुले सहजै गोल गर्न सफल भएका थिए ।

तर दोस्रो हाफको पहिलो मिनेटमा नेपाल समालिन नसक्दा एक गाेल ब्यर्होयो । नेपालको कमजोर डिफेन्सको फाईदा उठाउदै बंगलादेश गोल गर्न सफल भएकाे थियो । दोस्रो हाफमा १० खेलाडीमा सिमिति बंगलादेशमाथि नेपालले गोल गर्न भने सकेन । नेपाल र बंगलादेश यसअघि दुवै प्रतियोगिताको सेमिफाईलन प्रवेश गरिसकेका छन् ।

नेपालले अब सेमिफाईनलमा पाकिस्तानसंग खेल्नेछ । समुह विजेता बंगलादेशले भारतसंग खेल्नेछ ।

२०७५ कार्तिक १२ गते १२:३५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर