पेट घोच्ने, दुख्ने, कानबाट पिप आउने जस्ता विभिन्न रोगको एउटै उपचार हिङ

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १२ गते १२:५६

हिङ एउटा फेरुला वर्गका केही बहुवर्षीय पोथ्राहरूको जराबाट निकालिने औषधीय गुण भएको खोटो हो। यो प्रजातिको वनस्पति अफगानिस्तानको हिमाली क्षेत्रको रैथाने वनस्पति हो र यसको खेती यस आसपासका भारतीय तथा इरानी भूभागहरूमा गरिन्छ।

हिङबाट अनेकौं किसिमका रोगहरुको उपचार गर्न सकिन्छ। हिंगलाई पहिले घ्यूमा फुराएर मात्र औषधिको रुपमा प्रयोगगर्नुपर्छ। छालामा लगाउँदा मात्र घ्यूमा नफुराई प्रयोग गर्न सकिन्छ। असली र शुद्ध हिङ मात्र औषधी उपचारमा प्रयोग गर्नु आवश्यक छ।

पेट मडारिने घोच्ने, दुख्ने, दिसा लाग्ने भएमाः
हिङ, जाइफल, केशर र मरिच १५\१५ ग्राम सबै बराबर पिनेर धूलो पार्ने र तातो पानी हालेर केराउको गेडा जत्रो गोली बनाउने र सुकाएर राख्ने। आवश्यकता अनुसार १\२ गोली मनतातो पानीसँग खाएमा निको हुन्छ।

कब्जियत र अधिक वायु भएमाः
आँपको कोया आगोमा पोल्ने र त्यस भित्रको गुदी निकाल्ने र त्यसमा १\४ भाग हिङ र सिदेनून मिसाएर औषधीलाई सिसीमा राख्ने र आवश्यकता अनुसार १\२ ग्राम औषधी मनतातो पानीसँग खाने गरेमा १\२ दिनमै ठीक हुन्छ।

कान दुख्ने, पिप आउने , खटिरा आदि भएमाः
ठूलो चम्चाको ४ चम्चा शुद्ध तोरी वा नरिवलको तेलमा ६ गेडा लसुन, सानो चम्चा आधा चम्चा हिङ र सानो चम्चा १ चम्चा सिदेनून धूलो तेलमा कालो पार्ने र छानेर सिसीमा राख्ने र आवश्यकता अनुसार कान सफा गरी बिहान\बेलुका ४\४ थोपा हाल्नाले कानको रोग निको हुन्छ।

दम रोगमा
एक भाग फुराएको हिङमा एक भाग कपुर मिसिएर केराउको दाना जत्रो गोली बनाउने र दुई\दुई गोली तातो पानीसँग बिहान\बेलुका सेवन गर्ने तथा तारपिनको तेल टातीमा लगाउनाले दम रोग केही महिनामा नै ठकि हुन्छ।

हिङवाष्टक चूर्ण
पेट सम्बन्धी समस्याहरु जस्तै ग्याष्ट्रिक, अमलपित्त, अजीर्ण, मन्दाग्नि, खाना, अपच, खाना नरुच्ने आदिका लागि हिंगवाष्टक चूर्ण बनाएर प्रयोग गरेमा लाभकारी हुनेछ।

बनाउने तरिकाː
ज्वानो, मरिच, पिप्ला, जिरा, सुठो, सिदेनून र अलिकति हिङ सबै बराबर मात्रामा धूलो बनाएर मिसाउने, घ्यूमा पहिले हिङ फूराउने र सबै धूलोलाई मिसाएर राम्ररी तताउने अलिकति सानो हर्रोको धूलो पनि मिसाउने अनि हिङवाष्टक चूर्ण तयार हुन्छ त्यसपछि सिसीमा राख्ने। आवश्यकता अनुसार १\१ चम्चा मनतातो पानीमा खाने।

कम्मर दुख्ने रोगमा
आधा पाउ भुटेको कालो तिल, १० ग्राम घोडताप्रे, १० ग्राम धूलो मरिच, १० ग्राम सूठो धूलो, १० ग्राम धूलो पिप्ला, ५ ग्राम फुराएको हिङको धूलो सबै मिसाएर सिसीमा राख्ने र दुख्न सुरु भएपछि ३ पटक धूलोलाई मिश्री पानीमा पकाएर खाने।

शूल भएमा , धेरै दीसा लागेमा
जीराको धूलो, ५० ग्राम, सिदेनूनको धूलो ५० ग्राम र घ्यूमा फुराएको हिङ १० ग्रामको धूलो सबै मिसाएर मनतातो पानीसँग १\१ चम्चा मह अथवा घ्यूमा मिसाएर दिनको ३\४ पटक रोग अनुसार मात्रा मिलाई खाएमा दीसा धेरै लागेको ठीक हुन्छ।

आइमाइको हिस्टिरिया रोगमा
१ चम्चा भाङको रसमा १ चिम्टी फुराएको हिङ फिटेर बिहान\बेलुका खाने गरेमा ठीक हुन्छ।

कम्मर दुख्ने रोगमा
आधा पाउ भुटेको कालो तिल, १० ग्राम घोडताप्रे, १० ग्राम धूलो मरिच, १० ग्राम सूठो धूलो, १० ग्राम धूलो पिप्ला, ५ ग्राम फुराएको हिङको धूलो सबै मिसाएर सिसीमा राख्ने र दुख्न सुरु भएपछि ३ पटक धूलोलाई मिश्री पानीमा पकाएर खाने

२०७५ कार्तिक १२ गते १२:५६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर