पूर्व अर्थमन्त्री डा. बद्रीप्रसाद श्रेष्ठको निधन

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १२ गते १३:३०

काठमाडौँ । पूर्वअर्थमन्त्री डा बद्रीप्रसाद श्रेष्ठको गए राति पुल्चोकस्थित निदान अस्पतालमा निधन भएको छ। पिसाबसम्बन्धी समस्याबाट पीडित ८७ वर्षीय डा. श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको उनका भानिज दिनेश श्रेष्ठले जानकारी दिए।

अर्थशास्त्री डा श्रेष्ठले राष्ट्रिय योजना आयोगको सदस्य, उपाध्यक्ष, राष्ट्रिय पञ्चायत सदस्य तथा जापानका लागि नेपाली राजदूतका रुपमा सेवा गरेका थिए।

उनका श्रीमती, एक छोरा र दुई छोरी छन्। उनका भानिज श्रेष्ठका अनुसार स्वर्गीय श्रेष्ठको दाहसंस्कार बुधबार पशुपति आर्यघाटमा गरिनेछ। रासस

२०७५ कार्तिक १२ गते १३:३० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर