गढीमाईमा छठघाट बनाउने विषयमा कुरो नमिल्दा स्थानीयबीच कुटाकुट

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १२ गते १३:५८

कलैया । छठ पर्व नजिकिँदै गर्दा पर्वका लागि छठघाट बनाउने बिषयमा विवाद हुँदा स्थानीयबीच कुटाकुट भएको छ। कुटाकुटमा परी ११ जना स्थानीय घाईते भएका छन्।

महागढीमाई नगरपालिका वडा नम्बर १ मा रहेको गढीमाई मन्दिर उत्तरतर्फको सार्वजनिक जग्गामा छठघाट बनाउने बिषयमा कुरा नमिल्दा मथुवा र कचहरिया टोलका वासिन्दाबीच झडप भएको हो।

विवादपछिको उक्त झडपमा परी मथुवाका ८ र कचहरीया टोलका ३ जना घाइते भएका छन्। घाइतेमध्ये मथुवा टोलका मोतीलाल कुशवाहा, राजन कुशवाहा र मुकेश कुशवाहाको अवस्था गम्भीर छ। छठ पूजाका लागि दुवै टोलका स्थानीयले एकै जग्गामा छठघाट बनाउने तयारी गरेपछि विवाद भएको प्रहरीले जनाएको छ।

२०७५ कार्तिक १२ गते १३:५८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर