तिहारको मुखैमा गायिका निशु ढकालले ल्याइन् देउसी भैलो गीत (भिडियो)
आजको खबर | प्रकाशित : २०७५ कार्तिक १२ गते १४:२७

काठमाडौँ । हिन्दूहरुको दोस्रो ठूलो चाड तिहारको रन्को शुरु भएको छ। तिहार नजिकिदैं गर्दा तिहारमा घन्किने देउसी-भैलोका गीतहरु नयाँ-नयाँ आइरहेका छन्।
यही बीचमा गायिका निशु ढकालले अहिले सम्मकै उत्कृष्ट नयाँ गीत लिएर आएकी छिन्। ‘आयो तिहार लिएर देउसी’ बोलको गीत सार्वजनिक भएको छ। नेपाली समाजमा देउसी, भैलो खेल्ने प्रचलन रहँदै आएको छ।
तिहारमा आफ्ना स्रोता एवं दर्शकहरुलाई पूर्णरुपममा मनोरञ्जन दिनका लागि उनले तिहारलाई लक्षित गर्दै यो म्यूजिक भिडियो सार्वजनिक गरेकी छिन्।
राम्रा गीत श्रृजना गर्ने गीतकारका रुपमा चिनिएकी निशुको पछिल्लो गीत ‘आयो तिहार लिएर देउसी’ बोलको गीतमा तिहारमा हुने उत्साह र उमंगलाई समेटेको छ। नविन के तिमल्सिनाको शब्द, संगीत तथा एरेन्ज रहेको उक्त गीतको भिडियोमा एञ्जिला, शिल्पा र रुपाको नृत्य रहेको छ।
हेर्नुहोस् भिडियो :
२०७५ कार्तिक १२ गते १४:२७ मा प्रकाशित