पाकिस्तानमा भारतीय सेनाको व्यापक आक्रमण (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १२ गते १५:३७

एजेन्सी । भारतीय सेनाले पाकिस्तानमा आक्रमण गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

जम्मू कश्मीरस्थित लाइ अफ कन्ट्रोल (एलओसी) भन्दा पारि पाकिस्तानी भूमीमा भारतीय सेनाले व्यापाकर आक्रमण गरेको जनाइएको छ।

भारतीय सेनाको आक्रमणमा पाकिस्तानका कयौँ भवनहरु ध्वस्तसमेत भएको बताइएको छ। यो आक्रमण जम्मू कश्मीरको पुंछ जिल्लाको मेन्ढर सेक्टरमा गरिएको बताइएको छ।

समाचारअनुसार भारतले पाकिस्तान प्रशासित कश्मीरस्थित ‘आतंकवादी’को वासस्थानमा आक्रमण गरेर त्यसलाई ध्वस्त बनाएको छ। भारतीय सेनाले ध्वस्त बनाएको वासस्थान हजीरा र रावलकोट सेक्टरमा रहेको छ।

स्रोतका अनुसार गएको हप्ता पुंछमा भारतीय सेनाको ब्रिगेड हेडक्वार्टरमा पाकिस्तानी आक्रमणको जवाफमा यो आक्रमण भएको हो। भारतीय सेनाले केही दिन पहिला नै यस्तो आक्रमण गर्ने संकेत दिएको थियो।

यता जम्मू कश्मीरमै जम्मू कश्मीर प्रहरीले ३ जना आतंकवादीलाई गिरफ्तार गरेकोसमेत भारतीय सञ्चारमाध्यमले जनाएका छन्। प्रहरी र यी आतंकवादीबीच बारामूला रोडमा दोहोरो भीडन्तसमेत भएको थियो। सो भीडन्तपछि उनीहरुलाई गिरफ्तार गरिएको जनाइएको छ।

२०७५ कार्तिक १२ गते १५:३७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर