ट्युसन पढ्न गएकी थिईन् बालिका, ७ दिनपछि भेटियो झोलाभित्र शव

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १२ गते १६:१९

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा ६ दिन पहिला भेट्टिएको एक शवको पहिचान खुलेको छ।

झोलामा मृत अवस्थामा भेट्टिएकी ती १० वर्षीया बालिका दिल्लीको वेलकम भन्ने स्थानकी भएको पहिचान खुलेको प्रहरीले जनाएको छ। गत २२ अक्टोवरमा बालिका बेपत्ता भएको उजुरी परेपछि प्रहरीले बालिकाको खोजी शुरु गरेको थियो ।

दिल्लीको एक स्थानमा २८ अक्टोवर बिहान ७ बजे यमुना बायोडाईभरसिटीको पर्खालमा झुण्ड्याईएको झोलामा बालिकाको शव भेटिएको थियो।घरपरिवारले शवलाई पहिचान गरेपछि मात्र सनाखत भएको हो। गत २२ अक्टोबरका दिन ट्युसन पढ्न गएकी छोरी घर नफर्किएको परिवारले जनाएको छ।

बालिकाको शव फेला परेपनि कसले र के कारणले बालिकको हत्या गरेको हो भन्ने विषयमा अनुसन्धान भईरहेको प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

२०७५ कार्तिक १२ गते १६:१९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर