यौन सम्पर्क गर्नु अघि भुलेर पनि नगर्नुहोस् यी कुरा !
आजको खबर | प्रकाशित : २०७५ कार्तिक १२ गते १६:३९

यौन मानिसको एउटा अनिवार्य शारीरिक आवश्यकता हो । यौन सम्पर्क गर्दा एउटा सानो सावधानी अपनाउँदा ठूलो समस्याबाट जोगिन सकिन्छ । सामान्य लाग्ने लापरवाहीले पनि हाम्रो शरीरमा गम्भिर संकट निम्त्याउन सक्दछ । त्यसकारण यौन सम्पर्क गर्नुपूर्व यी काम भुलेर पनि नगर्नुहोलाः
१.पिसाव नगर्नुस – मुत्रनलीमा हुने संक्रमण वा घाउको मुख्य कारण यौन सम्पर्क गर्नुअगाडि पिसाव फेर्नु भएको कुरा वैज्ञानिकले पत्ता लगाएका छन् ।। यसको वैज्ञानिक कारण छ । यौन सम्पर्कका क्रममा हाम्रो मुत्रनलीमा विभिन्न व्याक्टेरिया उत्पन्न हुने गर्दछन् । यस्ता व्याक्टेरियाका कारण मुत्रनलीमा संक्रमण वा घाउ हुने गर्दछ । तर यौन सम्पर्क गर्नुअघि पिसाव फेरियो भने यौन सम्पर्कपछि पिसाव फेरिदैन । जसका कारण मुत्रनलीमा जम्मा भएका व्याक्टेरिया त्यही रहन्छन् । यस कारण पनि यौन सम्पर्क गरेपछि मात्रै पिसाव फेर्दा राम्रो मानिन्छ जसले गर्दा मुत्रनलीमा भएका व्याक्टेरिया पिसाबसँगै बाहिर निस्कछन् ।
२. कडाखालको औषधि नखानुस- यौन सम्पर्क गर्नुअगाडि कडाखालमा औषधि प्रयोग गर्नुहुदैन । कडा औषधि प्रयोग गरेपछि औषधिका कारण हाम्रो शरीरका धेरै नलीहरु सुख्खा हुनेगर्दछन् । जसले गर्दा हाम्रो यौनाङ्गमा भएका नलीपनि सुख्खा हुनजान्छन् । विशेषगरी एलर्जीका लागि प्रयोग गरिने एन्टीहिस्टामिन भन्ने औषधी प्रयोग गर्नु निकै हानिकारक मानिन्छ । अझ महिलाले यो औषधी प्रयोग गर्ने हो भने योनी सुख्खा हुने गर्दछ ।
जसले गर्दा एकातिर यौनानन्द प्राप्त गर्न सकिन्न भने अर्कोतिर यसले लिङ्गमा पनि नकरात्मक असर पार्दछ । त्यसैले कुनै पनि औषधी खाएर यौन सम्पर्क नगर्दा नै राम्रो मानिन्छ ।
३.रक्सी पटक्कै नखानुस- मानिसहरु रक्सी खाएर यौन सम्पर्क गर्दा आफूले पूर्ण सन्तुष्टि पाउने बताउँछन् । रक्सी खाएपछि लाजपनि हट्ने र यौन क्रियाकलाप रमाइलो हुने कतिको विश्वास रहेको छ । यसमा केही सत्यता पनि छ । तर रक्सी खाएर यौन सम्पर्क गर्दा हाम्रो शरीरमा यसले कस्तो असर पार्दछ भन्ने कमैलाई थाहा हुन्छ । रक्सी खाएको बेला शरीरका नशा निकै तात्ने र तन्किने गर्दछन् ।
जसले गर्दा हाम्रो शरीरको शक्ति अनावश्यक रुपमा नष्ट भइरहेको हुन्छ ।साथै यसले शरीरको प्राकृृतिक प्रणालीमा समेत नकरात्मक असर पारिरहेको हुन्छ । अव यस्तो बेलामा यौन क्रियाकलाम गर्दा के होला भनेर एकपट सोच्नुस् त । एकातिर रक्सीका कारण र अर्कोतिर यौन क्रियाकलापका कारण हाम्रो शरीर तात्दा यसको असरलाई सजिलै अनुमान लगाउन सकिन्छ । त्यसैले रक्सी खाएर यौन सम्पर्क गर्नु निकै हानिकारक मानिन्छ ।
४. गलत आकारको कन्डम प्रयोग नगर्नुस – सुरक्षित यौन सम्पर्कका लागि कन्डम प्रयोग गर्नु निकै राम्रो कुरा हो । तर लिङ्गको आकारसँग मेल खाने कन्डम प्रयोग गरिएन भने यसले समस्या समस्या पनि निम्त्याउन सक्दछ । यदि लिङ्गभन्दा ठूलो साइजको कन्डम प्रयोग गरियो भने योनीभित्र कन्डम फस्ने संभावना हुन्छ भने सानो साइजको कन्डम प्रयोग गर्दा फुट्ने संभावना हुन्छ ।
त्यसकारण लिङ्गको आकार औसत९५।१ इन्च भएमा सानो आकारको कन्डम९१।७५ इन्च चौडाइ र ६।३ इन्च लम्बाइ भएको० प्रयोग गर्नुपर्दछ । तर लिङ्गको आकार ठूलो भएमा भने ठूलो आकारको कन्डम प्रयोगमा ल्याउनुपर्दछ ।
५. सेभिङ पनि नगर्नुस – कैयौं मानिसले यौनाङ्ग सेभिङ रौं खौरने काम गरेर यौन सम्पर्क राख्न मन पराउँछन् । तर सेभिङ गर्ने वित्तिकै यौन सम्पर्क गर्दा एसटिआई९ सेक्सुअल्ली ट्रान्समिटेड डिजिजहुने संभावना बढी रहने डाक्टरहरु बताउँछन् । सेभिङ गर्दा औजारले चिथरेको वा काटेको ठाउँमा संक्रमण हुनसक्दछ भने व्याक्टेरियाको संक्रमण हुने खतरा पनि हुन्छ । यसकारण यौन सम्पर्क गर्नुअघि कि सेभिङ नै नगर्ने वा सेभिङ गरेको केही समयपछि मात्रै यौन सम्पर्क गर्नु राम्रो मानिन्छ |- नेपालआजबाट