सिरियल हेर्न नपाएको झोकमा १२ वर्षीया बालिककाले गरिन् झुडिएर आत्माहत्या

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १२ गते १६:४४

एजेन्सी । घरमा टिभी हेर्दै गरेका दिदी भाईबीच रिर्मोटका विषयमा सामान्य छगडा १२ वर्षीया दिदीले झुण्डिएर आत्माहत्या गरेकी छन्।

भारतको दिल्लीमा रहेको सिलमपुर क्षेत्रमा बस्ने १२ वर्षीया बालिकाले भाईसँगको झगडाका कारण आत्महत्या गरेको परिवारलाई उदृत गर्दै भारतीय प्रहरीले जनाएको छ।

दिदी आफ्नो मन पर्ने सिरियल हेर्न चाहिरहेकी थिईन् भने भाईले अर्कै च्यानल हेरिरहेका थिए। यसैबीचमा दिदी रिसाएर अर्को कोठामा गईर ढोका बन्द गरिन्।

दिदी रिसाएर अर्को कोठामा गएपछि भाईले अर्को कोठामा पढिरहेका दाईलाई बोलाएर उनीहरु कोठाको ढोका खोलेर भित्र पस्ता त दिदी पंखामा झुण्डिसकेकी थिईन्।

दाजुभाइले तुरुन्तै झुण्डिएको डोरी काटेर अस्पताल लगे तर उनको अवस्था गम्भीर भएका कारण तीन दिनसम्म उपचार गराएपछि अन्तत उनको ज्यान गएको छ।

२०७५ कार्तिक १२ गते १६:४४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर