वृद्धा मृत अवस्थामा फेला

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १३ गते ४:२५

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ मा एक वृद्धा घरभित्र मृत अवस्थामा फेला परेकी छिन् ।

नयाँपुलकी ८० वर्षीया कौशिला गुरुङको सोमबार साँझ घरभित्र शंकास्पद अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिए ।

घटनास्थलको प्रकृति, मृतकको टाउकोलगायत शरीरका विभिन्न भागमा चोट देखिएको र घरको मूल ढोकामा बाहिरबाट ताल्चा लगाइएकाले उनको हत्या भएको आशङ्का गुरुङले गरे ।

आइतबार राति भएको घटनाको बारेमा सोमबार साँझमात्र जानकारी भएको थियो । जेठा छोरा चित्रबहादुरसँग बस्दै आएकी कौशिला छोरा घरमा नभएको दिन उक्त घटना घटेको सोही वडाका वडाध्यक्ष कृष्णप्रसाद दवाडीले जानकारी दिए । गुरुङको साथमा भएका गरगहना लुट्ने नियतले उनको हत्या भएको हुनसक्ने प्रारम्भिक आँकलन प्रहरीको छ ।

मृतकको शव पोष्टमार्टमको लागि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

२०७५ कार्तिक १३ गते ४:२५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर