पानी लैजाने विषयमा विवादपछि कुटपिट हुँदा वृद्धको मृत्यु
आजको खबर | प्रकाशित : २०७५ कार्तिक १३ गते ६:१७

लमही । दाङमा कुटपिटबाट एक वृद्धको मृत्यु भएको छ । तोरीमा सिँचाइ गर्ने पानी लैजाने विषयमा विवादपछि कुटपिट हुँदा तुलसीपुर उपमहानगरपालिका–६ गोलौराका ७३ वर्षीय सुकलाल भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्थानीय ४० वर्षीय मइमान बस्नेतको कुटपिटबाट भण्डारीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । हत्या आरोपमा बस्नेतलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए। भण्डारीको शव परीक्षणका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुरमा राखिएको छ ।
२०७५ कार्तिक १३ गते ६:१७ मा प्रकाशित