स्कुल जान नमानेका बालकलाई गस्तीमा आएका प्रहरीले कारण सोध्दा……
आजको खबर | प्रकाशित : २०७५ कार्तिक १३ गते ६:३५

एजेन्सी। फिलिपिन्समा एक प्रहरी जवान गस्तीमा हिँडिरहेका थिए । यत्तिकैमा उनको नजर स्कुलबाहिर उभिएका एक बालकमाथि पर्यो । बच्चा स्कुल जान तयार थिएनन् र अनेक किसिमका नखरा गरिरहेका थिए । ती प्रहरी जवानले जब बालकसँग स्कुल नजानुको कारण सोधे तब उनले ले थाहा पाए कि बच्चासँग स्कुल जानको लागि नोटबु, कलम, ब्याग जस्ता जरुरी सामान थिएनन् किनकि उनका गरिब अभिभावकको लागि यो सब जुटाउनु मुस्किल थियो । यो सुन्नासाथ जवान भावुक भए र बच्चालाई तत्कालै एक पसलमा लगेर बच्चालाई चाहिने सबै सामान किनिदिए ।
घटना यही जूनको हो । प्रहरी जवान नेस्टर बी लुमिक्युइओलाई बच्चाको जवाफले निकै भावुक बनाइदियो । बच्चाका अनुसार उनका अभिभावकले उनलाई स्कुल पठाउन त सकेका थिए तर उनका लागि जरुरी सामान जुटाउन सकिरहेका थिएनन् । यस्तोमा उनलाई स्कुल जान लाज लाग्थ्यो ।
उनको कुरा सुनेपछि नेस्टरले बच्चाको सहयोग गर्ने फैसला गरे र एक पसलमा गएर उनलाई आवश्यक सबै सामान किनिदिए । त्यसपछि नेस्टरले यो घटना र फोटो फेसबुकमा शेयर गरे जो हेर्दाहेर्दै भाइरल भयो । यो पोस्टमा ३५ हजार मानिसहरुले प्रतिक्रिया दिएका थिए । सामाजिक संजालमा ती प्रहरी जवानको निकै प्रशंशा भएको छ ।