अस्थायी कर्मचारीलाई स्वतः स्थायी गर्न मिल्दैन – चन्द्र भण्डारी

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १३ गते ११:२३

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले अस्थायी कर्मचारीलाई स्वतः स्थायी गर्न नमिल्ने टिप्पणी गरेका छन्।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता यज्ञराज सुनुवार र नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले अस्थायी कर्मचारीलाई स्वतः स्थायी गर्न नमिल्ने तर्क गरेका हुन्।

मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सुनुवारले अस्थायी र करारमा रहेका कर्मचारीलाई राहत दिएर विदाई गर्न पनि सरकारलाई सुझाव दिए। उनले कर्मचारीहरुलाई स्वतः स्थायी गर्ने प्रावधानले मुलुकको आवश्यक्तालाई सम्बोधन गर्न नसक्ने बताए।

काँग्रेस नेता चन्द्र भण्डारीले अस्थायी कर्मचारीहरुलाई स्वतः स्थायी गर्न नहुने बताए। उनले कम खर्च गरेर धेरै काम गर्ने गरी कर्मचारीको व्यवस्थापन गर्न पनि सरकारलाई सुझाव दिए।

सरकारले तल्लो तहका अस्थायी कर्मचारीहरुलाई उचित राहतको व्यवस्था गरेर विदाई गर्नुपर्ने नेता भण्डारीको भनाइ छ। नेता भण्डारीले कर्मचारी स्वतः स्थायी गर्ने प्रावधानले मुलुकको आवश्यक्तालाई सम्बोधन गर्न नसक्ने तर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए।

२०७५ कार्तिक १३ गते ११:२३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर