ज्यानको बाजी राखेर ढलभित्र किन छिरे यि ब्यक्ति ? एकाएक भिडियो भाइरल
आजको खबर | प्रकाशित : २०७५ कार्तिक १३ गते ११:३५

एजेन्सी । पछिल्लो समय एक सफाइकर्मीको भिडियो भाइरल भइरहेको छ । यो भिडियो भारतको इन्दौर शहरको भएको बताइएको छ । भिडियोमा एक सफाइकर्मीले ढलमा भएको जाम खोन्ले प्रयास गरिरहेका छन् ।
ढलभित्र जाम भएकोले त्यो जाम खोल्न ढलमा उत्रिएका ती व्यक्तिले पहिले टाउकोबाहेक सबै भाग ढलभित्र डुबेर जाम खोल्ने प्रयास गछृन् । तर जब यसरी जाम खोल्न सफल हुँदैनन् त्यसपछि उनले निकै डरलाग्दो निर्णय लिन्छन् । फोहरको लेदो भरिएको ढलमा उनी टाउकोसमेत पूरै डुब्छन् । उनको यो कामले उनको सफाइप्रतिको प्रतिबद्धता देखाएको छ । मानिसहरुले उनको लगनशीलताको प्रशंशा गर्दै यो भिडियो अत्याधिक शेयर गरिरहेका छन् । सामाजिक संजालमा यी कर्मचारीलाई उपयुक्त उपकरण उपलब्ध नगराएको भन्दै नगर प्रशासनको आलोचना भइरहेको छ । हेर्नुहोस् भिडियो –
२०७५ कार्तिक १३ गते ११:३५ मा प्रकाशित