चर्चित गायक शानमाथि आक्रमण, स्टेजमै ढुंगा प्रहार
आजको खबर | प्रकाशित : २०७५ कार्तिक १३ गते १२:३२

एजेन्सी। चर्चित भारतीय गायक शानमाथि आक्रमण भएको छ । लाइभ कन्सर्टको क्रममा उनीमाथि स्टेजमै ढुंगा प्रहार भएको हो । असमको गुवाहाटीमा लाइभ कार्यक्रमको क्रममा उनीमाथि आक्रमण भएको थियो । स्टेजमा प्रस्तुती दिइरहेका बेला उनीमाथि आक्रमण भएको बताइएको छ ।
विवाद तब सुरु भएको थियो जब शानले बंगाली गीत गाउन सुरु गरे । त्यसपछि त्यहाँ भएका दर्शकले हुटिङ सुरु गरे र चिच्याउँदै भन्न थाले यो बंगाल होइन असम हो । त्यसपछि दर्शकले उनीमाथि स्टेजमै ढुङगा हान्न थाले । विवाद बढेको देखेपछि शानले रिसाएर बीचमै कन्सर्ट छोडिदिए । शानलाई कुनै चोट भने नलागेको बताइएको छ । त्यसपछि उनी नोएडामा हुने शिल्पोत्सवका लागि गएका छन् ।
२०७५ कार्तिक १३ गते १२:३२ मा प्रकाशित