‘बुगी वुगी’ की विजेता कविता नेपाली अब फिल्म खेल्दै (भिडियो कुराकानी)

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १३ गते १२:५२

काठमाडौँ। एपीवानबाट प्रसारित नेपालकै पहिलो अन्तराष्ट्रिय डान्स रियालिटि शो ‘बुगी वुगी’ की विजेता कविता नेपाली अहिले म्युजिक भिडियोमा व्यस्त छिन्।

‘बुगी वुगी’ जितेपछि कविता नेपाली चर्चित नायकहरूसँग एकपछि अर्को म्युजिक भिडियोमा देखिएकी छिन्। अहिलेसम्म उनी चार ओटा म्युजिक भिडियोमा देखिसकेकी छिन् भने अरु आउने क्रममा रहेको छ।

एक युट्युब च्यानलसँग कुरा गर्दै उनले म्युजिक भिडियोमा ठूला स्टारसँग देखिन पाउँदा आफूलाई सौभाग्यशाली महसुस भएको बताएकी छिन्।

‘म्युजिक भिडियोमा अभिनय मेरो नयाँ एकदमै नयाँ थियो। त्यसमाथि ठूला स्टारसँग देखिन पाए त्यो मेरो लागि सौभाग्यको कुरा थियो।,’ उनले भनेकी छिन्।

कुराकानीको क्रममा कविताले चलचित्रमा अभिनय गर्ने आफ्नो इच्छा व्यक्त गरेकी छिन्। हेर्नुस् केन्द्रबिन्दुसँगको यो कुराकानी।

२०७५ कार्तिक १३ गते १२:५२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर