टर्कीले बनायो विश्वकै ठुलो एयरपोर्ट (भिडियोसहित)
आजको खबर | प्रकाशित : २०७५ कार्तिक १३ गते १२:४९

एजेन्सी । टर्कीको इस्तानबुलमा विश्वको सबै भन्दा ठुलो एयरपोर्ट निर्माण सम्पन्न भएको छ। एयरपोर्टको उद्घाटन यहि २९ अक्टोबरमा (टर्कीको गणतन्त्र दिवसका दिन) राष्ट्रपति रेचप तैयप आर्दोआन ले गरेका छन्।
उक्त एयरपोर्टको क्षमता ९ करोड़ यात्री रहेको बताइएको छ। यो एयरपोर्ट १९ हजार एकड़ क्षेत्रफलमा फैलिएको छ। त्यहाँबाट २५० एयरलाइन्स ३ सय ५० भन्दा बढि ठाउँमा उडान भर्नेछन्।
उक्त एयरपोर्ट निकै सुजबुझका साथ हाइटेक तरिकाबाट बनाइएको हो। एयरपोर्टमा आर्टिफिसिएल इन्टेलिजेन्सको मदतबाट सुविधा दिइनेछ। यो एयरपोर्ट बनाउँन १० बर्षको समय लागेको हो । एयरपोर्ट निर्माणधीन अवस्थामा रहेको बेला धेरै विवादहरु पनि भए।
कन्स्ट्रक्सनको बेला कम्तिमा ३० कामदारको ज्यान गएको छ। धेरै अफ्ठेरो र बाधाहरूका बीच एयरपोर्ट निर्माण सम्पन्न भएको हो। उक्त एयरपोर्ट एटीसी ट्यूलिप डिजाइनमा तयार गरिएको छ।
एयरपोर्टको नाम न्यु इस्तानबुल एयरपोर्ट रहने भएको छ । एयरपोर्टको उद्घाटनका दिन १८ देशका ५० भन्दा बढि नेताहरू उपस्थित थिए। यो एयरपोर्टको निर्माण सम्पन्न गर्नमा ३५ हजार भन्दा बढि कर्मचारी र ३ हजार बढि इन्जिनियर्सले योगदान दिएका थिए। यस्तो देखिन्छ एयरपोर्ट भिडियोमा हेर्नुहोस्