बार्सिलोनासँग हारेपछि रियाल मड्रिडका कोच बर्खास्त, यी भए नियुक्त

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १३ गते १२:५३

एजेन्सी। स्पेनिश क्लव रियल मड्रिडले बार्सिलोनासँग ५–१ को लज्जास्पद पराजयपछि आफ्ना प्रमुख कोच जुलेन लोपेतेगुइलाई पदबाट हराएको छ।

क्लवको निर्देशक मण्डलले लोपेतेगुईलाई हेडकोचबाट हटाउने निर्णय गरेको हो । उनको ठाउँमा सान्टियागो सोलारीलाई अन्तरिम कोच बनाइएको छ । लोपेतेगुई मात्रै १३९ दिनसम्म रियालको कोच रहे । उनको प्रशिक्षणमा रियालले १४ खेल खेलेको थियो जसमा ६ जित्यो र ६ मा पराजित भयो । दुई खेल बराबरी भए ।

क्लवले एक प्रेस नोट जारी गर्दै भनेको छ ‘हामीले निकै विचार गरेपछि यो फैसला गरेका हौं ताकि सिजनका अन्य प्रतियोगितामा टिमको प्रदर्शनमा बदलाव ल्याउन सकियोस ।’ लोपेतेगुईलाई यही वर्ष जूनमा पूर्वप्रशिक्षक जिनेदिन जिदानको ठाउँमा हेडकोच बनाइएको थियो। विगत तीन वर्षदेखिको च्याम्पियन्स लिग विजेता रियाल यस वर्ष भने ला लिगाको ९ औं स्थानमा छ।

एक वर्षभित्रै लोपेतेगुइलाई हेडकोचबाट हटाइएको यो दोस्रो पटक हो। यसअघि यही वर्ष उनलाई स्पेनको राष्ट्रिय टोलीको प्रशिक्षकबाट हटाइएको थियो। स्पेनको राष्ट्रिय प्रशिक्षकबाट हटाइएका उनलाई रियालले अनुबन्ध गरेको थियो । रियालले यो सिजनमा १४ खेलबाट ३० अंक मात्र जोड्न सकेको छ। त्यसमा पनि पछिल्ला ५ खेलबाट मात्रै १ अंक जोडेको छ। २००८–०९ को सिजनमा जुआंडे रामोसको प्रशिक्षणमा ५ खेलमा लगातार हारपछि रियालको सबैभन्दा खराब प्रदर्शन यही सिजनमा भएको छ।

२०७५ कार्तिक १३ गते १२:५३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर