सैफ अली खानकी छोरीको पहिलो फिल्ममै हट किस सिन, सार्वजनिक भयो ‘केदारनाथ’को टिजर

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १३ गते १३:२३

काठमाडौं। सुशान्त सिंह राजपुत र सारा अली खानको फिल्म ‘केदारनाथ’को टिजर रिलिज भएको छ । फिल्म यही डिसेम्बर ७ मा रिलिज हुँदैछ । सैफ अली खानकी छोरी साराको यो पहिलो फिल्म हो । यसका अलावा सारा रोहित शेट्टीको निर्देशनमा बनेको फिल्म सिम्बामा रणवीर सिंहसँग देखिँदैछिन् । सिम्बा डिसेम्बर २८ मा रिलिज हुनेछ ।

२०१३ मा केदारनाथमा आएको भयानक प्राकृतिक प्रकोपको विषय फिल्मको कथावस्तु हो । फिल्ममा सारा तीर्थयात्री हुन् र सुशान्त यात्रीलाई पीठमा बोरेर लैजाने पिठ्ठु हुन् । भयानक प्राकृतिक प्रकोपको बीचमा यी दुईबीचको प्रेमलाई फिल्ममा देखाइनेछ । टिजरमा निकै दमदार भिडियो इफेक्ट देखिएको छ जसले ब्लकबस्टर फिल्म बाहुबलीको झल्को दिन्छ ।

२०७५ कार्तिक १३ गते १३:२३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर