स्कुल जान मानिरहेका थिएनन् बालक, प्रहरीले कारण सोध्दा लाग्यो झट्का
आजको खबर | प्रकाशित : २०७५ कार्तिक १३ गते १३:२४

एजेन्सी। फिलिपिन्समा एक प्रहरी जवान गस्तीमा हिँडिरहेका थिए । यत्तिकैमा उनको नजर स्कुलबाहिर उभिएका एक बालकमाथि पर्यो । बच्चा स्कुल जान तयार थिएनन् र अनेक किसिमका नखरा गरिरहेका थिए । ती प्रहरी जवानले जब बालकसँग स्कुल नजानुको कारण सोधे जवानलाई झट्का लाग्यो । जवानले थाहा पाए कि बच्चासँग स्कुल जानको लागि नोटबु, कलम, ब्याग जस्ता जरुरी सामान थिएनन् किनकि उनका गरिब अभिभावकको लागि यो सब जुटाउनु मुस्किल थियो । यो सुन्नासाथ जवान भावुक भए र बच्चालाई तत्कालै एक पसलमा लगेर बच्चालाई चाहिने सबै सामान किनिदिए ।
घटना यही जूनको हो । प्रहरी जवान नेस्टर बी लुमिक्युइओ एक दिन गस्तीमा थिए त्यत्तिकैमा उनले स्कुलबाहिर नखरा देखाइरहेको बच्चालई देखे। नेस्टरलाई बच्चाको चिन्ता भएपछि उनी कारण सोध्न बच्चानजिक गए । बच्चाको जवाफले नेस्टरलाई निकै भावुक बनाइदियो। बच्चाका अनुसार उनका अभिभावकले उनलाई स्कुल पठाउन त सकेका थिए तर उनका लागि जरुरी सामान जुटाउन सकिरहेका थिएनन् । यस्तोमा उनलाई स्कुल जान लाज लाग्थ्यो।
उनको कुरा सुनेपछि नेस्टरले बच्चाको सहयोग गर्ने फैसला गरे र एक पसलमा गएर उनलाई आवश्यक सबै सामान किनिदिए। त्यसपछि नेस्टरले यो घटना र फोटो फेसबुकमा शेयर गरे जो हेर्दाहेर्दै भाइरल भयो । यो पोस्टमा ३५ हजार मानिसहरुले प्रतिक्रिया दिएका थिए । सामाजिक संजालमा ती प्रहरी जवानको निकै प्रशंशा भएको छ।