श्रीमतीले ब्रत नलिएको झोकमा श्रीमानले गरे आत्महत्या
आजको खबर | प्रकाशित : २०७५ कार्तिक १३ गते १३:५५

एजेन्सी : भारतको उत्तरप्रदेशमा श्रीमतीले करभा चौथको बर्त नलिएको झोकमा श्रीमानले आत्महत्या गरेका छन् । प्रहरीका अनुसार श्रीमतीले बर्त नलिएपछि दुखी भएका २१ वर्षीय दीप चन्दले कोठाको पंखामा झुन्डिएर आत्महत्या गरेका हुन्।
वृन्दावन प्रहरी चौकीका इन्चार्ज रामपाल सिंह भाटीका अनुसार सुसाइड नोट फेला नपरेपनि श्रीमतीसँग ब्रतबारे विवाद हुँदा चन्दले आत्महत्या गरेका हुन् । यो जोडीको चार महिना अगाडि मात्र विवाह भएको थियो।
समाचारमा बताइए अनुसार दीप चन्द श्रीमतीले करभा चौथको उपवास लिइदिए हुन्थ्यो भन्ने चाहन्थे । तर, उनकी श्रीमतीले स्वास्थ्यका कारण ब्रत बस्न नसक्ने बताएकी थिइन् । तर, दीप चन्दले भने यो कुरामा सहमत थिएनन्।
ब्रतकै बारेमा शनिबार विवाद भएपछि दीप कोठा बन्द गरेर बसेका थिए । पछि ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा भेटिएका थिए ।
२०७५ कार्तिक १३ गते १३:५५ मा प्रकाशित