लामो समय टाउको दुख्दा वास्ता गरेनन्, डाक्टरलाई देखाएको भोलिपल्टै मृत्यु

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १३ गते १३:४२

एजेन्सी। अमेरिकामा एक व्यक्ति लामो समयदेखि टाउको दुखेर हैरान थिए । उनी यसलाई सामान्य सम्झेर पटक पटक पेनकिलर औषधी खाइरहेका थिए । एक दिन उनको टाउकोमा भयानक पीडा भयो साथसाथै उनलाई ज्वरो पनि आयो । उनले फेरि पेनकिलर खाए तर त्यसको भोलिपल्ट उनको हालत झनै बिग्रियो । उनको टाउको सुन्नियो र मुखबाट आवाज आउन बन्द भयो।

हतारहतार उनको परिवारले उनलाई अस्पताल लिएर गए । डाक्टरले भने कि शायद अब उनीसँग केही दिन मात्र बाँकी छन्। त्यसको भोलिपल्टै उनको मृत्यु भयो । डाक्टरका अनुसार २९ वर्षका यी व्यक्तिलाई अस्पताल ल्याउँदा उनको हालत निकै बिग्रिएको थियो । पहिले डाक्टरलाई लागेको थियो कि उनलाई ब्रेन ट्युमर भएको हुन सक्छ तर जाँचमा अर्कै कुरा निस्कियो। जाँचमा पत्ता लाग्यो कि उनको दिमागलाई एउटा खतरनाक अमिबाले खाइरहेको थियो ।

बिरामीको दिमागको तल्लो भागमा रहेको सेरेब्रोस्पाइल फ्लुडको जाँचमा खतरनाक अमिबा भेटिएको हो । जब डाक्टरले यो कुरा थाहा पाए तब तत्कालै परिवारलाई सूचना दिए किनकि ९८ प्रतिशत यस्ता घटनामा यो अमिबाबाट पीडित व्यक्तिको मृत्यु निश्चित हुन्छ । रोग यतिसम्म बढिसकेको थियो कि उनको ब्रेन डेड भएर भोलिपल्टै उनको मृत्यु भयो ।

डाक्टरका अनुसार उनको दिमागमा जुन अमिबा थियो त्यो पानीमा हुर्कन्छ । यो अमिबा गर्मी ठाउँमा स्विमिङ पुल र तलाउ जस्ता ठाउँमा पैदा हुन्छ जहाँ केमिकल वा क्लोरिनले पानीको सफाइ गरिँदैन । यस्ता ठाउँबाट पानीको सम्पर्कमा आउने व्यक्तिको नाकबाट दिमागमा प्रवेश गर्छ । डाक्६रका अनुसार यदि यो अमिबा पेटमा गयो भने हाम्रो पाचन प्रणालीमा रहेको एसिडबाट मर्छ तर नाकका तन्तु यसलाई सिधै दिमागमा पुर्याउँछन् जहाँ यो जीवित रहन सक्छ ।

२०७५ कार्तिक १३ गते १३:४२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर