मुसलधारे पानीमा सैनिकले अचानक गाडी रोके, त्यसपछि जे गरे, त्यसले धेरैलाई बनायो भावुक
आजको खबर | प्रकाशित : २०७५ कार्तिक १३ गते १३:५०

एजेन्सी। अमेरिकाको केन्टकीबाट बाहिर जाने एक सडकमा एक सैनिक जवानले अचानक गाडी रोके। मुसलधारे वर्षामा उनले गाडी रेक्नासाथ पछाडि आइरहेका गाडीहरु रोकिन्छन्।
सैनिकको गाडीको ठिक पछाडिको गाडीमा एक महिला थिइन्। महिलाले देखिन् कि ती सैनिक भयानक वर्षामा सडकमा निस्केर सावधानको मुद्रामा सडकमा उभिए। यो देखेर महिला चकित परिन्। उनले बुझ्न सकिनन् कि ती सैनिक यस्तो किन गर्दैछन्। तर छिट्टै वास्तविकता खुल्यो।
एरिन हेस्टर नामकी महिलाले यो फोटोको साथमा एउटा भावुक बनाउने पोस्ट आफ्नो फेसबुकमा शेयर गरेकी छिन्। महिलाले लेखेकी छिन् ‘पहिले त मलाई ती सैनिकले अचानक गाडी रोकेकोमा रिस उठिरहेको थियो। त्यसपछि मैले देखें कि उनी भारी वर्षामा गाडिबाट झरेर सावधानको मुद्रामा आए। मैले केही सोच्नुभन्दा पहिले बायाँतर्फबाट गइरहेको गाडी देखें। त्यो एक शव वाहन थियो। त्यसको कसैलाई अन्तिम संस्कारका लागि लगिँदै थियो।’
महिलाले अगाडि लेखिन् ‘म यो देखेर भावुक भएँ। आजभोली मानिसहरु शव वाहनको अगाडि रोकिनु त परको कुरा बरु आफ्नो गाडीले उछिन्न खोज्छन्। तर मानिसहरु बिर्सिन्छन् कि मानिस यहाँभन्दा अगाडि जाँदैन। ती सैनिकले जसरी उभिएर ती मृत व्यक्तिलाई सम्मान दिए त्यसले मेरो मन छोयो। शववाहन गएपछि म उनलाई सलाम गरेर अगाडि बढें।’
एरिन सैनिकले ती मृत व्यक्तिलाई दिएको सम्मान देखेर निकै प्रभावित भइन्। उनलाई लाग्यो कि शायद सेनामा यस्तो कुनै नियम होला जसमा कसैको अन्तिम यात्रा देखेपछि सम्मान दिइन्छ। तर उनले यस्तो कुनै नियम भएको जानकारी पाइनन्। एरिनले बुझिन् कि यस्तो कुनै नियम थिएन। ती सैनिकले त मात्रै मानवताको नाताले त्यो सम्मान दिएका थिए।