अरु भन्दा आफू सुन्दर देखिन युवतीले गरिन् हद पार ! सुनेर सबै अचम्मित

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १३ गते १५:४५

एजेन्सी। विवाहको दिन युवती कुनै महारानी भन्दा कम देखिँदैनन्। परिवारका सदस्य उसको सबै कुरा मान्न तयार हुन्छन्। तर बेलायतमा एक १९ वर्षीया युवतीले आफ्नो विवाहको केही दिन अगाडि साथीहरुसँग यस्तो माग राखिन् जुन कुरा सुनेर सबै अचम्मित भए। यी युवतीले सामाजिक संजालमा आफ्नी साथीलाई आफ्नो विवाहमा राम्रो कपडा नलगाउन भनिन्।

क्रिस्चियन रीति–रिवाजमा विवाहका दिन बेहुलीसँग हिँड्ने महिलालाई ब्राइड्स मेड भनिन्छ। ती महिला विवाहको दिनभर बेहुलीसँगै हुन्छिन्।
सामान्य रुपमा बेहुलीकी साथी वा परिवारका महिला सदस्य मात्रै ब्राइड्स मेड बन्छिन्। यी युवतीले आफ्नी साथीलाई आफ्नो विवाहका दिन धेरै मेकअप नगर्न र धेरै राम्रो कपडा पनि नलागउन आग्रह गरिन्।

जब उनकी साथीले त्यसको कारण सोधिन् तब उनले विवाहको दिन आफूमात्रै सुन्दर देखिनु पर्ने बताइन्। ‘मेरो विवाहको दिन मात्रै सुन्दर देखिनुपर्छ। म भन्दा केही राम्रो मानिस मेरो विवाहमा आओस भन्ने म चाहन्न’, उनले भनिन्।

यी युवतीको चाहना सुनेर धेरै मानिस रिसाए। केहीले उनलाई स्वार्थीसम्म भन्न भ्याए। युवतीकी साथीले भने आफू उनको भावनाको सम्मान गर्ने बताउँदै लेखेकी छन्–म तिम्रो भावनालाई बुझ्न सक्छु। म पनि यस्तो अवस्थाबाट पार भएर आएकी हुँ। हामी तिम्रो विवाहमा सबैभन्दा सुन्दर तिमीलाई मात्र बनाउने कोशिश गर्छौं।’

हद त त्यतिबेला भयो जब उनले आफ्नो ब्याचलर पार्टीमा पनि त्यस्तै प्रतिबन्ध आफ्ना साथीलाई लगाएकी थिइन्। उनले आफ्ना साथीलाई शरीरको कुनै पनि अंग देखिने कपडा नलगाउन आग्रह गरेकी थिइन्।

२०७५ कार्तिक १३ गते १५:४५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर