प्रधानमन्त्री ओलीको विषयमा भ्रमपूर्ण समाचार छापेको आरोपमा पत्रकार पक्राऊ
आजको खबर | प्रकाशित : २०७५ कार्तिक १३ गते १५:४९

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा भ्रमपूर्ण समाचार छापेको आरोपमा एक जना पत्रकार पक्राउ परेका छन्। पक्राउ पर्नेमा स्याजा, हरिनाथ ६ स्थायी घर भई हाल काठमाडौँ कागेश्वरी बस्दै आएका ४६ वर्षीय हरी प्रसाद मानन्धर रहेका छन्।
मानन्धरलाई प्रधानमन्त्री ओलीको स्वाथ्य सम्बन्धी झुटो भ्रमपूर्ण समाचार सम्प्रेषण गरेका कारण पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पाथिभरा अनलाईन डट कमकासम्पादक समेत रहेका मानन्धरलाई विद्युतीय अपराध तथा कसुर अन्तर्गत कारबाही हुने महाशाखाका प्रवक्ता एसपी नरेन्द्र प्रसाद उप्रेतीले बताए। त्यस्तै महाशाखाले यसप्रकारका समाचार सम्प्रेषण नगर्न पनि आग्रह गरेको छ।
२०७५ कार्तिक १३ गते १५:४९ मा प्रकाशित