नयाँ खुलासा : हप्तामा एक पटकमात्र सेक्स गरे फर्किन्छ १५ वर्षे जवानी !

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १३ गते १६:००

एजेन्सी । सातामा कम्तिमा एक पटक यौन सम्पर्क गर्ने बानीले १५ वर्षे जवानी फर्काउन सकिने एक अध्ययनले सुझाएको छ।

अध्ययनमा समेटिएका ५० जनाभन्दा बढीले मासिक कम्तिमा चार पटक रतिक्रिडा, १६ पटक व्यायाम तथा छुट्टि या ‘मिनी ब्रेक’बाट आफ्नो उमेर घटेको महशुस हुने गरेको बताएका छन् । अर्थोपेडिक सपोर्ट फर्म नियो(जीले गरेको अध्ययनमा त्यस्तो जवाफ आएको हो।

घरपालुवा जनावरहरूसँग समय बिताउने, छुट्टिमा जाने, साथीहरूसँग भेट्ने अनि आफ्नो पार्टनरसँग एकान्तमा मस्ती गर्ने। ती कुराबाट तन तन्नेरी वयतिर झरेको महशुस हुने अध्ययनमा सहभागीहरूले बताएका थिए। सक्रिय रहने मानिसहरूले निश्क्रियको तुलनामा १२ वर्ष उमेर घटेको महशुस हुने बताएका थिए ।

एसेक्सको चेम्स्फोर्डमा एक हजार बयस्कहरू माथि शोध गरिएको थियो। त्यस शहरका बासिन्दा अन्यत्रभन्दा आफूलाई १५ वर्ष कम उमेरका महशुस गर्छन् । प्लेमाउथ र म्यानचेस्टर शहरमा पनि अध्ययन गरिएको थियो।

चेम्सफोर्डका बासिन्दाले आफूलाई उमेरभन्दा १५ वर्ष ६ महिना कम उमेरको महशुस गर्छन्। प्लेमाउथका बासिन्दाले १४ वर्ष पाँच महिना, म्यानचेस्टरवासीले १४ वर्ष, नर्विचवासीले १३ वर्ष सात महिना र ब्राइटनवासीले १३ वर्ष ६ महिना कम उमेरको भएको महशुस गर्छन्।

मानिसहरू सदियौंदेखि आफूलाई उमेर ढल्किँदै गर्दा युवा देखिन र महशुस गर्न इच्छुक देखिने गरेका छन् । नियो–जीका पल स्टार्कीको भनाइ छ, ‘तर, आफूलाई युवा महशुस गर्नुको मौलिक कारण रहेको अध्ययनमा देखिएको छ।’

जस्तो– एबर्डिनका बासिन्दाले आठ, स्वान्सीवासीले आठ वर्ष नौ महिना, योर्कवासीले नौ, क्याम्ब्रिजवासीले नौ वर्ष १० महिना र सेफिल्डका बासिन्दाले नौ वर्ष ११ महिना कम उमेरको भएको महशुस गर्छन् ।

‘मानिसले आफूलाई खास उमेरभन्दा कम महशुस गर्नुको रहस्य खोतल्ने प्रयास गरेका हौं,’ स्टार्की भन्छन्, ‘हामी कति सक्रिय छौं भन्ने कुराले त्यसको निर्धारण गर्ने रहेछ ।’

आफ्नो शरीरको देखभाल गर्नु तथा आफूलाई सबैभन्दा राम्रो लाग्ने वस्तुको आनन्द लिनु नै उमेरभन्दा कम महशुस गर्नुको रहस्य रहेको उनी बताउँछन् । अनि, साथी र परिवारजनसँग समय बिताउँदा पनि तन तन्नेरी हुने अध्ययनबाट देखिएको छ।

२०७५ कार्तिक १३ गते १६:०० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर