नवलपरासीको फर्निचर उद्योगमा आगलागी : डेढ करोड बराबरको क्षति
आजको खबर | प्रकाशित : २०७५ कार्तिक १३ गते १६:३४

परासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ बर्दघाट बजारमा रहेको जय बुद्ध सिसा प्लाई तथा फर्निचर उद्योगमा आगलागी हुँदा डेढ करोड बराबरको क्षति भएको छ।
आगलागीका कारण उद्योगमा रहेका सम्पूर्ण सामान र परिसरमा राखिएको सञ्चालक राजु पाण्डेको बा १३च ८००६ नम्बरको कारसमेत जलेर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ। आगलागीको कारण खुल्न सकेको छैन।
बर्दघाटमै दमकल नभएका कारण समयमा आगो नियन्त्रण नहुँदा उद्योगम पूर्णरुपमा क्षति पुगेको स्थानीयवासीले बताएका छन। स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो।
२०७५ कार्तिक १३ गते १६:३४ मा प्रकाशित