गौरव देउवाको नयाँ गीत “झ्याप बनायो” युट्युबमा (भिडियो)
आजको खबर | प्रकाशित : २०७५ कार्तिक १३ गते १६:३८

काठमाडौँ । गायक गौरव देउवाको नयाँ गीत “झ्याप बनायो” युट्युबमा सार्वजनिक भएको छ। मायाप्रीतिको कुरालाई समेटेर ल्याइएको यस गीतमा प्रेमका अभिव्याक्तिलाई अधिकतम प्रयोग गरिएको छ।
गीतको शब्द तथा संगीत हेमराज थापा बाबु राजाले संगीत र गौरब देउवाले गरेका छन्। त्यस्तै गीतको मर्म बमोजिमको र्याप बबुल क्षेत्रीले गरेका हुन।
विक्रम चौहानले निर्देशन गरेको म्युजिक भिडियोमा अनु शाह र विक्रम चौहानले फिचरिङ गरेका छन्। ज्ञानेन्द्र शर्माको छायाँकन , मिलन विकको सम्पादन रहेको छ। गीतमा युवाहरुको मनमा हुने प्रेमका अभिब्यतिलाई कुशल रुपमा समेटिएको छ।
हेर्नुहोस भिडियो :
२०७५ कार्तिक १३ गते १६:३८ मा प्रकाशित