उपत्यकालाई संसारकै उन्नत शहर बनाउन जोड

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १४ गते ०:३०

काठमाडौँ। काठमाडौँ उपत्यकालाई संसारकै उन्नत शहर बनाउन ९ बुँदे प्रतिबद्धता जारी गर्दै मंगलबार उपत्यका नगरपालिका फोरमको पहिलो विस्तारित बैठक सम्पन्न भएको छ।

फोरमका संयोजक एवं काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा सम्पन्न बैठक काठमाडौँ उपत्यकाको प्राकृतिक विशिष्ठता, प्रदुषण घटाउन फोहरमैलाको वैज्ञानिक व्यवस्थापन र वृक्षारोपण गर्ने विषयमा केन्द्रीत थियो।

फोरमले जारी गरेको प्रतिबद्धतामा वृक्षारोपणसँगै पुराना सवारी साधन विस्थापन, ढल निकासलाई नदीको पैवाहीकरणबाट पुर्णत अलग गरी निर्मलीकरण गर्ने, वातावरण प्रतिकुलका हानीकारक प्रभाव तथा असरलाई घटाउन एकिकृत रुपमा जनचेतना कार्यक्रम गर्ने रहेको छ।

सवारी साधनबाट निष्कने धुँवा तथा धुलोलाई कमगर्न यातायातलाई दिगो र वातावरण मैत्री बनाउने कार्यका लागि इन्धनको गुणस्तर कायम गर्दै स्वच्छ उर्जाको उपयोगका लागि अग्रसर हुने, नगरपालिका यातायात गुरुयोजना, सडक यातायात, करको दरमा एकरुपता कायम गराउने, जग्गा विकास आयोजना सञ्चालन खरिद ऐनमा एकरुपता, प्रदुषण नियन्त्रण प्रयास, प्रदुषण शुल्क र यसको उपयोग, सामुदायिक तथा सरकारी वन, नियमावली निर्माण र कार्यान्वयनजस्ता विषमा बैठकले प्रतिबद्धता जनाएको छ। बैठकमा उपत्यकाका दुई महानगर र १६ नगरपालिकाका प्रमुखहरुको सहभागिता रहेको थियो।

२०७५ कार्तिक १४ गते ०:३० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर