लागुऔषधसहित दुई जना पक्राउ

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १४ गते १:१३

परासी। पश्चिम नवलपरासीको बर्दघाटबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरिएको छ।

इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले वडा नं ९ भानुनगरमा जाँच गर्ने क्रममा युपी५६एए १८४१ नं को भारतीय मोटरसाइकलमा सवार सरावल गाउँपालिका–२ बस्ने २३ वर्षीय मनोज यादव र सोही ठाउँमा बस्ने २८ वर्षीय मुन्नीप्रसाद केवटबाट लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ।

उनीहरुको साथबाट स्पास्मो प्रोक्सिभन ८० क्याप्सुल, नाइट्रोभेट ४४७ ट्याबलेट र फेन्सिड्रिल एक सय मिलीलिटरको ५० थान फेला परेको छ। पक्राउ परेका दुवै जनालाई लागुऔषधसम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसान्धान भइरहेको प्रहरीले जनाएको छ।

२०७५ कार्तिक १४ गते १:१३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर