नयाँ शक्तिको १५औँ सङ्घीय बैठक आजदेखि
आजको खबर | प्रकाशित : २०७५ कार्तिक १४ गते १:४७

काठमाडौँ। नयाँ शक्ति पार्टीको १५औँ सङ्घीय बैठक आजदेखि राजधानीमा बस्ने भएको छ।
यही कात्तिक १४ र १५ गते बस्ने दुईदिने बैठक बुद्धनगरस्थित बुद्वनगर पार्टी प्यालेसमा बस्ने तय भएको प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले जानकारी दिए।
उनका अनुसार बैठकमा पार्टीको अवस्थाको रिपोर्टिङ, कामहरुको समीक्षा र आगामी कार्ययोजनाको विषयमा छलफल हुनेछ।
बैठकमा वर्तमान राजनीतिक परिस्थितिबारे गहन छलफल, पार्टीको महाधिवेशनका विषयमा तथा पार्टीले लिनुपर्ने रणनीतिका बारेमा ठोस निर्णय हुने उनले जानकारी दिए।
२०७५ कार्तिक १४ गते १:४७ मा प्रकाशित