नेपाल-कतारबीच के भयो सहमति ?

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १४ गते २:०७

काठमाडौँ। नेपाल र कतारबीच कूटनीतिक, सरकारी र विशेष राहादानीवाहकलाई प्रवेशज्ञाबिना आवतजावतको सहजीकरण गर्ने विषयमा सहमति भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र कतारका उपप्रधान एवं विदेशमन्त्री शेख मोहम्मद अब्दुल रहमान अल थानीले सो विषयको सम्झौतामा हस्ताक्षर गरेका हुन्।

मंगलबार दुवै मुलुकबीच कृषि तथा खाद्य सुरक्षामा सहयोग आदानप्रदानसम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।नेपाल समाचारपत्रबाट

२०७५ कार्तिक १४ गते २:०७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर