पेट घटाउन चाहनुहुन्छ ? आजैबाट छोड्नुहोस् यी बानी !
आजको खबर | प्रकाशित : २०७५ कार्तिक १४ गते ४:२३

एजेन्सी । मोटोपन अहिलेको जीवनशैलीमा धेरैको लागि समस्याको विषय बनेको छ । शरीर तन्दुरुस्त राख्न चाहँदा चाहँदै पनि शरीर बढिरहेको नै हुन्छ।
यहाँ आधुनिक जीवनशैलीका त्यस्ता बानीहरु उल्लेख गरिएको छ, जसले मोटोपन बढाइरहेका छन्। विभिन्न अनुसन्धानहरुका अनुसार, यी बानीमा नियन्त्रण गर्न सक्ने व्यक्तिले आफ्नो मोटोपनमा पनि नियन्त्रण गर्न सक्छ।
छिटो-छिटो खान खानु ।
घरको खानाभन्दा बाहिर बनेको खान मन पराउनु।
बसेर गर्नुपर्ने काम धेरै समयसम्म गर्नु ।
बिहान छिटो नउठ्नु र हिंड्न नखोज्नु ।
पर्व वा केही विशेष दिन मनाउँदा खानालाई प्राथमिकता दिनु।
काम गर्दै खाँदै गर्ने बानी ।
सुत्नुपर्ने समयमा राम्रोसंग नसुत्नु।
अफिसको कामको धेरै चिन्ता लिनु ।
चिया वा कफीमा धेरै गुलियो खानु ।
क्रिम भएका सुप, बिस्कुट वा अन्य परिकार खानु ।
खाली बस्दा चिप्स खाने बानी गर्नु।
टि.भी हेर्दा खाना सम्बन्धि कार्यक्रमहरु धेरै हेर्नु, जसले गर्दा खानाको लागि तीव्र इच्छा जाग्छ ।