आज अमेरिकी डलरको भाउ बढ्यो, कुन देशको कति ?

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १४ गते ५:०३

काठमाडौँ । नेपाली बजारमा आज ९बुधबार० अमेरिकी डलरको भाउ बढेको छ। मंगलबारको तुलनामा आज अमेरिकी डलरको भाउ ३८ पैसाले बढेको छ।

नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज अमेरिकी डरलको खरिददर मूल्य १ सय १७ रुपैयाँ ५९ पैसा छ भने विक्रिदर मूल्य १ सय १९ रुपैयाँ १९ पैसा रहेको छ।

त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २८ रुपैयाँ १२ पैसा छ भने बिक्रिदर २८ रुपैयाँ २६ पैसा छ। एक यूके पाउण्डको खरिददर १४९ रुपैयाँ ८४ पैसा छ भने बिक्रिदर १५० रुपैयाँ ६० पैसा छ।

एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ३५ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ ५१ पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३२ रुपैयाँ ३० पैसा र विक्रिदर ३२ रुपैयाँ ४६ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर विस्तृतमा

२०७५ कार्तिक १४ गते ५:०३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर