सिँचाइ समस्या समाधान गर्छु : राजकिशोर यादव

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १४ गते ६:३२

लहान । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले आफ्नो संसदीय कोषको लगानीमा सिरहाको मिर्चैैया नगरपालिकामा डिपबोरिङ निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मिर्चैया नगरपालिका–८ मा बडादशैँ, शुभदीपावली तथा छठको अवसरमा आज बिहान आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सिरहा क्षेत्र नं ४ का प्रतिनिधिसभाका सांसदसमेत रहनुभएका यादवले किसानले भोग्दै आएको सिँचाइ समस्या समाधानका लागि डिपबोरिङ निर्माण गर्ने बताए।

आफ्नो संसदीय विकास कोषको करीब रु एक करोडको लागतमा निर्माण हुने डिपबोरिङको शिलान्यास छठलगत्तै हुने र त्यसले करीब १०० बिघा जमीनमा सिँचाइ पुग्ने उनले विश्वास व्यक्त गरे।

कार्यक्रम पार्टीका नेता कार्यकर्ता, नागरिक समाज, बुद्धिजीवी र व्यापारीलगायतको सहभागिता रहेको थियो ।

२०७५ कार्तिक १४ गते ६:३२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर