भारतबाट अवैधरूपमा ल्याउँदै गरेको पटाका तथा बिजुलीका सामान बरामद

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १४ गते ७:०३

लहान । प्रहरी टोलीले गए राति जिल्लाका विभिन्न स्थानबाट करीब रु एक लाख ५० हजार मूल्य बराबरको विष्फोटक पदार्थ पटाका बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले अवैधरूपमा भारतबाट ल्याउँदै गरेको अवस्थामा पटका, फूलझरी, बुलेट बम, चक्कर हाइड्रो फोइल्स, रविन्स बुलेटलगायतका विष्फोटक पदार्थ बरामद गरेको हो । बरामद गरिएका पटाका आज नष्ट पारिने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।

दीपावली तथा छठपर्व नजिकिँदै जाँदा भारतीय बजारबाट पटाकालगायतका विष्फोटक पदार्थ चोरी तस्करीको क्रम शुरु भएको छ । यस्तै प्रहरीले सिरहा नगरपालिकास्थित माडरबाट करीब रु डेढ लाख मूल्य बराबरको बिजुलीका सामान बरामद गरेको छ ।

२०७५ कार्तिक १४ गते ७:०३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर