इन्दिरा गान्धीले नै रोक्न लगाएको फिल्म

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १४ गते ७:५५

एजेन्सी। भारतकी पहिलो महिला प्रधानमन्त्री इन्दिरा गान्धीको ३१ अक्टुबरमा स्मृति दिवस हो। इन्दिरा गान्धी सरकारले मुलुकमा लगाएको संकटकालका क्रममा बलिउडका धेरै फिल्म रिलील हुनबाट रोकिएका थिए। जसमा गुलजारको फिल्म ‘आँधी’ र ‘किस्सा कुर्सी का’ जस्ता फिल्म थिए। किस्सा कुर्सीका फिल्मको ओरिजनल प्रिन्ट नै जलाएर नष्ट गरिएको थियो।

सूचना तथा प्रशारण मन्त्रालयले फिल्मका निर्मातालाई ५१ अब्जेक्शनसहितको पत्र पठाएका थियो। जसमा संजय गान्धी र इन्दिरा गान्धीका साथै सरकारद्वारा लगाएको संकटकाललाई निकासा बनाएको कुरा पत्रमा उल्लेख थियो। फिल्मको निर्देशन अमृत नाहटाले गरेका थिए र भगवंत देशपाण्डे, विजय कश्मिरी र बाबा मजगावंकर निर्माता थिए।

फिल्ममा मास्टर प्रिन्ट जुन सेन्सर बोर्ड अफिसमा थियो। र, त्यसलाई र बाँकी सबै प्रिन्ट्सलाई संजय गान्धीले मारुती फ्याक्ट्री गुडगावँमा जलाएर नष्ट गरेका थिए। पछि यो विषयको छानविनकालागि १९७७ मा शाह कमिटी गठन भयो जसले संजय गान्धी र तत्कालीन सूचना तथा प्रशारण मन्त्री वीसी शुक्लाले नेगेटिभ नष्ट गरेको विषयमा दोषी ठहर गर्यो।

फिल्मको प्रिन्ट जलाएको आरोपपछि संजय गान्धी र वीसी शुक्लामाथि ११ महिनासम्म मुद्दा चल्यो। २७ फेब्रुअरी १९७९ मा अदालतले फैसला सुनायो। दुवैलाई २५ महिनाको जेल सजाय सुनाइयो। संजय गान्धीलाई जमानत दिन नै अस्वीकार गरिएको थियो। यद्यपी पछि यो फैसला नै परिवर्तन भयो।

जुन प्रिन्टलाई जलाएर नष्ट गरिएको थियो उक्त फिल्मको मुख्य भूमिकामा राज बब्बर थिए। संकटकाल हटाएपछि निर्देशकले १९७७ मा फेरि फिल्म बनाए। यद्यपी दोस्रो फिल्ममा राजले काम गरेनन्। फिल्मलाई भएको क्षतिलाई लिएर निर्देशकले एक करोड रुपैयाँ क्षतिपूर्तिको माग गरेका थिए। तर यो माग पूरा भएन। फिल्ममा राज किरन, सुरेखा सिकरी र शबाना आजमी मुख्य भूमिकामा थिए।

पहिलो किस्सा कुर्सी का फिल्म १९७४ मा रिलीज हुने तय भएको थियो। यद्यपी संकटकालका बेला प्रत्येक फिल्मलाई सरकारले हेथ्र्यो अनि मात्र रिलीज गर्न पाइन्थ्यो।

२०७५ कार्तिक १४ गते ७:५५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर