विवाहको ३३ वर्षपछि पत्नीको भयो निधन, १५ वर्षपछि खुल्यो यस्तो रहस्य

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १४ गते १२:३२

एजेन्सी। बेलायतमा विवाह गरेको एक व्यक्तिले ३३ वर्षपछि आफ्नी श्रीमती गुमाएका छन्। उनलाई जीवनको उत्तराद्र्धमा यो दुख सहन निकै गाह्रो भयो। श्रीमतीको निधनको एक महिनापछि उनको मनमा एउटा विचार आयो। उनले आफ्नो घर अगाडिको जमिनमा श्रीमतीको सम्झनामा एउटा रुख रोप्ने योजना बनाए र त्यहाँ आफू र आफ्नो छोरा मात्र जान सक्ने बताउने तयारी गरे।

तर श्रीमतीकालागि बनाइएको यो मेमोरियलमा पनि खास कुरा लुकेको थियो जसका विषयमा धेरै अन्जान थिए। उनले रोपेको उक्त रुख बगैँचामा मुटुको चित्र जस्तै भएर ठडिएको थियो। रुप रोपेको १५ वर्षपछि सो एरियाबाट एउटा रातो बेलुन उड्दै आयो तब ती व्यक्तिलाई आफ्नो प्रेमको कहानीको स्मरण भयो।

बेलायतको ग्लासेस्टरशायरको विकवारमा बस्ने विंस्टन र जेनेट परफेस्ट जोडी थिए। १९६२ मा उनीहरुको विवाह भयो। विवाहपछि उनीहरु इंग्लिश कन्ट्रीसाइडमा आफ्नो ११२ एकडको फार्महाउसमा शिफ्ट भए। विंस्टन पेशाले किसान थिए। उनीहरु दुवैले यही फार्महाउसलाई आफ्नो घर बनाउने निर्णय गरे। विवाहको केही वर्षपछि जेनेटले छोरालाई जन्म दिइन्। र परिवारको संख्या तीन भयो।

विंस्टन र उनका छोरासँग सुखी जीवन बिताइरहेका बेला एक दिन जेनेटलाई अचानक हृदयघात हुन्छ र ५० वर्षको उमेरमा उनको निधन हुन्छ। जीवनको उत्तराद्र्धमा विंस्टनलाई आफ्नी श्रीमती गुमाउनु पर्दाको पीडा असैह्य हुन्छ। उनलाई यो विश्वको रङ नै हराए जस्तो लाग्न थाल्यो।

उनी पीडाबाट बाहिर निस्किने कोशिशमा थिए। एक दिन उनको मनमा श्रीमतीको नाममा एक मेमोरियल बनाउने विचार आयो। उनले त्यसकालागि घर अगाडिको जमीन रोजे।

विंस्टनले श्रीमतीको सम्झनामा त्यहाँ रुख रोप्न सुरु गरे। उनी त्यो ठाउँलाई यस्तो ठाउँमा परिणत गर्न चाहन्थे जहाँ उनी र उनका छोरामात्र जान सकून। विंस्टन आफ्नो योजनामा सफल पनि भए। उनले हेर्दा हेर्दै त्यो ठाउँमा ६ हजार रुख रोपे। उनले त्यहाँ रुखलाई मुटुको शेपमा रोपेका थिए।

करिव १५ वर्षपछि यो उनको योजना सबैकालागि सार्वजनिक भयो। जब हट एयर बलनिस्ट एण्डी कोलेट यस बगैँचा माथिबाट त्यो बगैँचा देखेर चकित भए। त्यसपछि उनको कोशिश र यो बगैँचाको तस्वीर विंस्टनको यो लभ मेमोरियलको कहानी सार्वजनिक भयो।

२०७५ कार्तिक १४ गते १२:३२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर