नेपाल आइडलबाट बाहिरीएकी काउली बुढी घरघरमा देउसी भैलो खेल्दै (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १४ गते १३:४७

काठमाडौँ । नेपालीहरुको दोस्रो महान चाड दिपावली नजिँकिदै गर्दा नयाँ नयाँ देउसी भैली गीतहरु बजारमा आउन थालेका छन् । परम्परादेखि मान्दै आएको संस्कारलाई सभ्य तरिकाले मनाउने सन्देश दिँदै लोक गायक शिवप्रसाद देवकोटाले देउसी भैली गीत बजारमा ल्याएका हुन् ।

शिव प्रसाद देवकोटाको शब्द र संगीतमा रहेको देउसी भैली गीतलाई प्रेमा राना मगर र शिव प्रसाद देवकोटाले स्वर भरेका छन् । सदियौँदेखि मान्दै आएको महान चाड तिहारलाई लाई सभ्य बनाऔँ भड्किलो र देखासेखीमा नमनाऔँ भन्दै गीतबाट नै संन्देश दिन खोजिएको छ।

जिनियस म्युजिकको प्रस्तुतीमा रहेको गीतलाई नरेन्द्र वियोगीले संगीतमा साथ दिएका छन् भने गीतलाई रमाइलो बनाउनको लागि अभिनयमा सन्ध्या बुढा (काउली बुढी) लाई फिचर गरिएको छ।

वरिष्ठ नृत्य निर्देशक शिव विकको निर्देशनमा बनेको म्युजिक भिडियोलाई दिपेन्द्र भट्टले छायांकन तथा सम्पादन गरेका छन् । केही दिनअघि मात्र युट्युव मार्फत रिलिज गरिएको देउसी भैली गीतलाई दर्शकहरुले राम्रो प्रतिक्रिया दिएका छन् भने थोरै समयमा राम्रो भिओर्स कमाउन सफल भएको छ।

२०७५ कार्तिक १४ गते १३:४७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर