ब्यवसाय गर्न नेपाल दक्षिण एसियाकै चौथो सहज देश
आजको खबर | प्रकाशित : २०७५ कार्तिक १५ गते २:२०

काठमाडौँ। ब्यवसाय गर्नका लागि नेपाल दक्षिण एशियाको चौथो सहज देश रहेको प्रतिवेदन विश्व बैंकले सार्वजनिक गरेको छ।
विश्व बैंक समुहले बुधबार सार्वजनिक गरेको डुइङ विजनेस २०१९ को ट्रेनिङ फर रिफर्म रिपोर्टमा दक्षिण एशियामा भारत, भुटन र श्रीलंकापछि नेपाल चौथो नम्बरमा छ।
गत बर्ष विश्वको १०५ औँ स्थानमा रहे पनि नेपालको अवस्था अझ खस्किएको हो।
यस्तै, दक्षिण एसियाली राष्ट्रहरुमा गत बर्ष तेस्रो स्थानमा रहे पनि यस बर्ष चौथो स्थानमा झरेको छ।
विश्वका १९० राष्ट्रमध्ये नेपाल १९० औँ र दक्षिण एशियामा चौथो व्यवसायमैत्री राष्ट्रको रुपमा छ। आजको कारोवार दैनिकबाट
२०७५ कार्तिक १५ गते २:२० मा प्रकाशित