४ केजी ९९५ ग्राम गाँजासहित पक्राउ

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १५ गते ४:०६

काभ्रेपलाञ्चोक । पनौती नगरपालिका–४ ऐरी गाउँ बस्ने ६४ वर्षका रुद्रबहादुर तामाङलाई चार केजी ९९५ ग्राम गाँजासहित प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले तामाङको घरमा बुधबार राति खानतलासी गर्दा कोठाभित्र टाङ बनाई धोक्रोभित्र बेरी राखेको अवस्थामा गाँजा बरामद गरिएको बताए ।

उनले तामाङको घरटहरामा अवैध रूपमा गाँजा सेवन तथा बिक्री वितरण भइरहेको छ भन्ने सूचनाका आधारमा खानतलासी गरिएको जानकारी दिए ।

२०७५ कार्तिक १५ गते ४:०६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर