मोटरसाइकल र ट्याक्टर ठोक्किदा एकको मृत्यु
आजको खबर | प्रकाशित : २०७५ कार्तिक १५ गते ५:००

घोराही । देउखुरीमा मोटरसाइकल र ट्याक्टर ठोक्किएर एक जनाको मृत्यु भएको छ ।
गए राति रा४प ५५३५ मोटरसाइकल र रा१त १३६७ नं को ट्याक्टर ठोक्किएर लमही–३ जखेरा बस्ने २० वर्षीय कौशल चौधरीको मृत्यु भएको हो ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत अर्नहवा भन्ने स्थानमा भएको दुर्घटनामा जखेराकै २२ वर्षीय रोशन चौधरी घाइते हुनुभएको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अरुणकुमार सिंहले जानकारी दिए । घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ ।
२०७५ कार्तिक १५ गते ५:०० मा प्रकाशित