दुर्लभ एकसिङ्गे गैँडा संरक्षणको सन्देश दिन ‘राइनो संरक्षण गोल्डकप’ आजदेखि शुरु

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १५ गते ६:५३

कावासोती । दुर्लभ एकसिङ्गे गैँडा संरक्षणको सन्देश दिन १५ वर्षदेखि सञ्चालन हुँदै आएको ‘राइनो संरक्षण गोल्डकप’ आजबाट नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिकामा शुरु हुँदैछ ।

गैँडा संरक्षण गर्नुपर्छ भन्ने सन्देश दिन प्रतियोगिता आयोजना गरिएको आयोजक नन्दभाउजु उपभोक्ता समितिका अध्यक्ष दोमनबहादुर भण्डारीले बताए । खेलको माध्यमबाट युवाहरुमा वन, वन्यजन्तु र वातावरण संरक्षणको चेतना अभिवृद्धि गराउने उद्देश्य राखिएको छ ।

प्रतियोगितामा १२ टिमको सहभागिता रहनेछ । प्रतियोगिताको उद्घाटन खेल आज आयोजक नवलपरासी–११ र लिली रुपन्देही–११ बीच हुने आयोजकले जनाएका छन् । खेल तालीकाअनुसार कात्तिक १६ गते एनआरटी र सरस्वती क्लब, कात्तिक १७ गते वीरगञ्ज युथ एकेडेमी र पोखरा–११, कात्तिक १८ गते च्यासल युवा क्लब र डिभाइन ब्वाइज युनियन काठमाडौँबीच प्रतिस्पर्धा हुनेछ ।

२०७५ कार्तिक १५ गते ६:५३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर